News

प्रभु मनि ट्रान्सफरबाट पैसा पठाउनेले पाए मोटरसाइकल र स्कुटर

प्रभु मनि ट्रान्सफर प्रालिले दशै, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको उपहार कार्यक्रमको पहिलो र दोश्रो पुरस्कार क्रमशः धनुषाका छेदी मण्डल र दाङकी दिपा सेनले हात पारेका छन् । ‘बम्पर उपहार’स्वरुप मण्डलले यमाहाको स्यालुटो बाइक प्राप्त गरेका छन् भने दोश्रो पुरस्कार विजेता सेनले यमाहाकै रेजि स्कुटर प्राप्त गरेकी छन् । दुवै विजेतालाई प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामाले उपहार प्रदान गरिन् । उपहार कार्यक्रमको निर्धारित समयको समाप्तीपछि गत कात्तिक २३ गते प्रभु ग्रुपकी उपाध्यक्ष लामाले बम्पर उपहारका विजेताहरुको नम्वरहरु लक्की ड्रमार्फत घोषणा गरेकी हुन् । लक्की ड्रको लागि कार्यक्रम अवधि भरीमा भएका सम्पूर्ण नम्बरहरुलाई समावेश गरी कम्प्युटरको माध्यमबाट मण्डल र सेन छानिएका हुन् । पहिलो लक्की ड्रमा कोड नं. ११५११६१०९९२२ मार्फत दबरकोट हथलेटवा–३ धनुषा घर भएका अशोक कुमार मण्डलले कतारबाट नेपालमा आफ्ना बुबा छेदी मण्डलाई पठाएको रकम ११०००० रुपैयाँ मा परेको हो । मण्डलले १ लाख ८४ हजार ९ सय रुपैयाँ बजार मूल्य भएको स्यालुटो मोटरबाईक प्राप्त गरे । पुरस्कार लिन धनुषाबाट आएका मण्डलले पुरस्कार पाउँदा खुशी लागेको बताए । आफ्नो छोराले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाएकाले आफुले पुरस्कार प्राप्त गरेको बताए । त्यसैगरी दोश्रो भग्यशाली कोड नम्बर २१४६४१५७१ मार्फत दाङ हापुर–६, घर भएका दुर्गाबहादुर ओली क्षेत्रीले उनको साथी दयाराम शाहको नामले साउदी अरेबियाबाट नेपालमा आफ्नी श्रीमती दिपा सेनलाई पठाएको रकम ८७,४५१ रुपैयाँमा परेको हो । उनले पनि १ लाख ७४ हजार ९ सय रुपैयाँ बजार मूल्य भएको रेजि स्कुटर प्राप्त गरिन् । पुरस्कार ग्रहण गरेपनि सेनले प्रभु रेमिट्यान्सलाई धन्यवाद दिईन् । आफूले उपहारस्वरुप प्राप्त गरेको स्कुटर बिक्री गरी त्यो रकमलाई कुनै उत्पादनमूलक काममा प्रयोग गर्ने उनले बताईन् । नेपालीहरुको महान चाड दसैँ, तिहार र छठपर्वको अवसरमा प्रभु मनि ट्रान्सफरले विदेशमा रहेका ग्राहकलाई लक्षित गरी ‘प्रभु लक्की सेभेन’ नामको उपहार कार्यक्रम ल्याएको थियो । कार्यक्रम ल्याएको ४८ दिनमा बम्पर उपहार प्रदान गरिएको हो । सो कार्यक्रम गत असोज १ गतेदेखि कात्तिक २० गतेसम्मको लागि सञ्चालन गरिएको थियो । सात हप्ताको कार्यक्रम अवधि भरमा ग्राहकलाई रिचार्ज कार्डदेखि मोटरसाइकलसम्मको उपहार राखिएको थियो । प्रत्येक हप्ता एलइडि टिभि १ थान, स्मार्ट मोवाईल १ थान, डिस होम सेट १ थान र दैनिक ७ जनालाई रिचार्ज कार्ड गरी जम्मा ३६४ जनताले विभिन्न उपहार प्राप्त गरेका कम्पनीले जनाएको छ । ४८ दिने उपहार कार्यक्रम अत्यन्तै सफल रहेको कम्पनीले दाबी समेत गरेको छ । प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामाले प्रभु मनि ट्रान्सफरको उपहार योजनाले ग्राहक बढाउने मात्रै काम नगरेर मानिसहरुलाई औपचारिक रेमिट्यान्स कारोबारमा समेत आकर्षित गरेको बताइन् । उनले आगामी दिनमा पनि राज्य र आफ्ना ग्राहकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु ल्याउने प्रतिबद्दता समेत जनाईन् ।

Photo 1

Associated Organizations