News

प्रभु बैक र प्रभु मनि ट्रान्सफरको सहयोगमा भलिवल खेल सम्पन्न

भारतको 68 औ गणतन्त्र दिवसको अवसर पारेर राजधानी नई दिल्लीमा प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको खेल विभागले यहि 26 जनवरीका दिन भलिवल प्रतियोगतिा सम्पन्न गरेको छ। कुल 24 टीम सहभागी भएको उक्त प्रतियोगितामा दिल्लीका प्राय सबै जिल्लाहरूबाट खेलाडीहरू उपस्थित भएका थिए।
24 टीम मध्ये प्रभु बैंक र प्रभु मनि ट्रान्सफरले नालायक र रेसुंगा नामक 2 टीमलाई टीसर्ट प्रदान गरेको थियो । 26 जनवरीमा शुरू भएको उक्त प्रतियोगिता आउंदो रविवार 31 जनवरीमा मात्र सम्पन्न हुनेछ।
दिल्लीका विभिन्न अलग अलग स्थानबाट उपस्थित भएका जनमानसको बीचमा प्रभुको प्रचार खेलाडी र पर्चा पम्प्लेटका माध्यमवाट व्यापक रूपमा भएको थियो साथै आयोजक खेल विभागले प्रभुलाई एउटा हेल्प डेस्कको व्यवस्था पनि गरेको थियो ।
उक्त कार्यक्रमलाई दिल्लीको  सरकार संचालन गरिरहेको पार्टी आप आदमी पार्टी आर के पुरम विधान सभाका विधायक प्रमिला टोकरले सम्बोधन गर्नभएको थियो भने प्रभुका तर्फबाट सुनिल मिश्र र मित्र घिमिरेको उपस्थिति रहेको थियो।
त्यसै दिन दक्षिण दिल्लीको एन्ड्रयुज गंज भन्ने स्थानमा सामाजिक संगठन साईं कुपा चेरिटेवल ट्रस्टले सांस्कृतिक कार्यक्रम सम्पन्न पारेको थियो। उक्त कार्यक्रममा पनि विनोद पंगेनीको अगुवाईमा प्रभुले आफनो हेल्प डेस्क राखेर आम मान्छेलाई रेमिटेन्स कसरी गर्ने भन्ने सम्बन्धमा जागरूक अभियान चलाएको थियो।

helpdeskvi

v11v111

Associated Organizations