News

भारतमा नेपाली नागरिकताबाट बैंकिङ कारोबार सुरु, दिल्लीमा प्रभूको मुख्य शाखा

प्रभू मनि ट्रान्सफरले नयाँदिल्लीबाट आफ्नो कारोबार सुरु गरेको छ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रभू मनि ट्रान्सफरको दिल्लीको द्धारकास्थित मुख्य कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन क्रममा राजदुत उपाध्यायले भारतका विभिन्न ठाउँबाट हाल गैर कानूनि रुपमा हुण्डीकका माध्यमबाट नेपालमा रकमान्तरण भइरहेको उल्लेख गर्दै प्रभूको औपचारिक प्रवेशले नेपालमा पैसा पठाउने आधिकारीक बाटो निर्माण गरेकोमा खुसी व्यक्त गरे ।

राजदुत उपाध्यायले अब उपरान्त प्रभू मनि ट्रान्सफरका शाखा तथा एजेण्टहरु मार्फत भारतबाट नेपालमा पैसा पठाउँदा नेपाली नागरिकताले नै पैसा पठाउन पाइने सरल व्यबस्था भएकोमा आफु अझ बढी हर्षित भएको उल्लेख गरे । उनले यो कदमबाट भारत र नेपाली दुवै मुलुकलाई सहज हुने उल्लेख गर्दै टेक्नोलोजीको विकासले पैसा बोक्ने झण्झटको अन्त्य भएको पनि बताए । त्यस अबसरमा उनले नेपालमा रकम पठाएर प्रभू मनि ट्रान्सफरको दिल्ली स्थित मुख्य कार्यालयको औपचारिक उद्घाटन गर्दै आफ्नो नामबाट पहिलो ट्रान्ज्एक्शन गरी कारोबार सुरु गराएका थिए । प्रभू मनि ट्रान्सफरले उक्त मुख्य शाखाबाट भारतमा रहेका हरेक नेपालीलाई नेपाली नागरिकताबाटै नेपालमा बैंक खाता खोल्न सकिने, रकम जम्मा गर्न सकिने तथा रकम पठाउन सकिने व्यबस्था गरेको प्रभू ग्रुपका उपाध्यक्ष तथा प्रभू मनि ट्रान्सफरका सिइओ कुसुम लामाले जानकारी गराइन् । भारतमा रहेका एको र जीआई टेक्नोलोजीको स्मार्ट सपबाट पनि प्रभूको सेवा लिन सकिने कम्पनिले जनाइएको छ । यसअघि प्रभू मनि ट्रान्सफरले मलेसियाबाट पहिलोपटक नेपालमा खाता खोल्न सकिने व्यबस्था गरेको थियो । भारतमा अत्याधिक नेपालीहरु रहेको भएपनि सोझै उनीहरुले नेपाली बैकिङ च्यानलमा प्रवेश गर्न पाएका थिएनन् । भारतमा रहेका भारतिय बैंक तथा एजेण्ट मार्फत २००८ बाट रेमिट्यान्स कारोवार सुरु गरेको प्रभुले पहिलोपटक प्रत्यक्ष रुपमा भारतमा रहेका नेपालीमाझ सेवा विस्तार गरेको हो । नागरिकता चलेपछि प्रवासी नेपालीमा खुसीयाली नयाँदिल्लीस्थित द्धारकामा कर्पोरेट अफिस विस्तार गरेर नेपाली नागरिकताबाटै बैंकमा खाता खोल्न वा रकम पठाउन सकिने भएपछि भारतमा रहेका लाखौं नेपालीमा खुसी छाएको छ । प्रवासी नेपली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले प्रभूको मुख्य शाखा खुलेपछि आफूहरु निकै खुसी भएको बताए । उनले हुण्डीमार्फत नेपालमा सैसा पठाउन परेको बाध्यता अब अन्त्य भएको उल्लेख गरे । भारतमा रहेका प्रवासी नेपालीलाई रेमिट्यान्स मार्फत प्राप्त सुविधा उपभोग गर्न पनि उनले आग्रह गरे । नेपाली नागरिकले आर्जन गरेको पैसा आफ्नै देशमा जम्मा गर्न सकिने बैंकिङ च्यानलको विस्तारले पैसा बोक्ने समस्याको समाधान भएको भण्डारीले बताए ।

प्रभूले भारतबाट नेपालमा पैसा पठाउनका लागि सहजिकरण गर्न निशुल्क रेमिट्यान्स कार्ड जारी गरेको छ । सोही कार्डबाट भारतमा जम्मा गरेको रकम नेपालमा रहेका कुनै पनि प्रभू मनि ट्रान्सफरको च्यानलबाट वा प्रभू बैंक र प्रभू कोअपरेटिबाट झिक्न सकिने छ । यसअघि भारतीय सरकारद्धारा जारी गरिएको कागजपत्रले मात्रै बैकिङ कारोबार गर्न पाउने व्यबस्था थियो । भारतमा प्रभू मनि ट्रान्सफरले पहिलोपटक नेपाली नागरिकताबाटै बैंकमा रकम जम्मा गर्न, पठाउन र खाता खोल्न समेत सकिने व्यबस्थाको अख्तियारी प्राप्त गरेको हो ।

Photo 1

Photo 2

Photo 3

Associated Organizations