• Send Money To Nepal

    Anyone Residing in INDIA

    Can Send Money to Nepal

  • नेपाली नागरिकताबाटै पैसा पठाउन सकिने----------------------------------------------------------------------------
  • Instant Cash Payment In NepalInstant & Anywhere Cash Payment in Nepal
  • रुपैया कार्ड !
1 2 3 4

News

प्रभु मनि ट्रान्सफर र एफआईए ग्लोबलबिच सम्झौता


प्रभुमनि ट्रान्सफर र एफआईए ग्लोबलबिच बुधबार रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा एफआइए ग्लोबलको तर्फबाट फाइनान्स एण्ड अपरेसन प्रमुख प्रदीप मेहेता र प्रभु मनि ट्रान्सफरको तर्फबाट उपाध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे । यस सम्झौतासँगै भारतमा प्रभु मनि ट्रान्सफरको सञ्जाल विस्तार भएको छ ।

विभिन्न वित्तीय संस्थासँग  मिलेर मुलुभरका जनतालाई वित्तीय पहुँचमा ल्याउन सहयोग गर्दै आएको भारतीय कम्पनि एफआईएका भारतभर ८ हजार ५ सय एजेन्ट रहेका छन् । यस सम्झौतापछि एफआईएका जुनसुकै एजेन्टहरुमार्फत भारतमा रहेका नेपालीले प्रभु मनि ट्रान्सफरमा पैसा पठाउन सक्ने भएका छन् । यस सम्झौताले भारतमा रहेका नेपाली नागरिकलाई प्रभु मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन थप सहज बनाएको छ । » Read More

रेमिट्यान्स बचत गर्न राज्यले शिक्षा र स्वास्थ्य दिनुपर्छ-बैंकर्स कुसुम लामा

नेपालको अर्थतन्त्रमा बैंकिङ क्षेत्रका माध्यमबाट सक्रिय एक नारी पात्र हुन् – कुसुम लामा । जो सधै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको सही प्रयोगका बारे सोंचिरहन्छिन्, अनि हुण्डीको माध्यमबाट बाहिर जाने र नेपाल भित्रिने रकम रोक्नका लागि निरन्तर आवाज उठाईरहन्छिन् । आज लाखौं लाख यूवाहरु विदेशमा छन् । वार्षिक रुपमा करिव ५ अर्ब माथिको रेमिट्यान्स बैधानिक बाटो भएर भित्रिन्छ तर यतिका रकम घर खर्चमै जान्छ । जुन पैसाका बारे भइरहने बहसमा रेमिट्यान्स फजुल खर्चमा गयो भनिन्छ तर प्रभू मनि ट्रान्सफरका उपाध्यक्ष समेत रहेकी यी नारीले यसबारेमा कारुणीक कुरा हामीसँग यसरी सुनाइन् –‘शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्दैन, खानका लागि घरमा खर्च हुँदैन, बाहिर हेर्दा धेरै रेमिट्यान्स आउँछ, तर हरेक परिवारमा पुग्दा थोरै हुन्छ, ऋणको व्याज उसैले तिर्नुपर्छ, अनि कसरी त्यो रकम उत्पादन क्षेत्रमा लगानी हुन सकोस् ?’ नेपालको बैंकिङ क्षेत्रमा समेत महत्वपूर्ण उपस्थित जनाएकी प्रभू बैंक लिमिटेडकी डाइरेक्टर एवं प्रभू मनि ट्रान्सफरकी उपाध्यक्ष कुशुम लामासँगको कुराकानी यहाँ प्रस्तुत गरिन्छ : » Read More

प्रभु बैक र प्रभु मनि ट्रान्सफरको सहयोगमा भलिवल खेल सम्पन्न

भारतको 68 औ गणतन्त्र दिवसको अवसर पारेर राजधानी नई दिल्लीमा प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको खेल विभागले यहि 26 जनवरीका दिन भलिवल प्रतियोगतिा सम्पन्न गरेको छ। कुल 24 टीम सहभागी भएको उक्त प्रतियोगितामा दिल्लीका प्राय सबै जिल्लाहरूबाट खेलाडीहरू उपस्थित भएका थिए।
24 टीम मध्ये प्रभु बैंक र प्रभु मनि ट्रान्सफरले नालायक र रेसुंगा नामक 2 टीमलाई टीसर्ट प्रदान गरेको थियो । 26 जनवरीमा शुरू भएको उक्त प्रतियोगिता आउंदो रविवार 31 जनवरीमा मात्र सम्पन्न हुनेछ।
दिल्लीका विभिन्न अलग अलग स्थानबाट उपस्थित भएका जनमानसको बीचमा प्रभुको प्रचार खेलाडी र पर्चा पम्प्लेटका माध्यमवाट व्यापक रूपमा भएको थियो साथै आयोजक खेल विभागले प्रभुलाई एउटा हेल्प डेस्कको व्यवस्था पनि गरेको थियो । » Read More

Muthoot Finance from India Starts Money Transfer Services to Nepal


KOCHI: Muthoot FinanceBSE -0.69 % Ltd., the flagship company of Muthoot Group has launched money remittance services between India and Nepal. It has collaborated with the Indian arm of Nepal based Prabhu Bank Ltd.

"The Nepali workforce will have a simpler way of transferring money to their families and friends from India," said Muthoot Finance managing director George Alexander Muthoot. Nepali migrants can now transfer money from a minimum of Rs 200 from any of the 4200 branches of Muthoot Finance to their families without opening a bank account in India. » Read More

Associated Organizations